ब्लूबुक QR अनुरोध गर्ने तरिका
चरण १: लगइन गर्नुहोस्
आफ्नो मोबाइल नम्बर प्रयोग गरी लगइन गर्नुहोस्। व्यक्तिगत प्रयोजनका लागि "व्यक्तिगत" छान्नुहोस्। संस्थागत तथा कम्पनी प्रयोजनका लागि "संस्था/कम्पनी" छान्नुहोस्।
चरण २: आवेदन फारम भर्नुहोस्
ब्लूबुक अनुरोध फारम सवारी साधनको विवरण, सवारीधनी विवरण तथा अन्य आवश्यक विवरण सही विवरण सहित भर्नुहोस्।
चरण ३: आवश्यक कागजात Upload गर्नुहोस्
स्क्यान गरेर वा फोटो खिचेर आवश्यक कागजातहरू अपलोड गर्नुहोस्।
चरण ४: आवेदन पेश गर्नुहोस्
आफ्नो आवेदन ध्यानपूर्वक समीक्षा गरी पेश गर्नुहोस्। Request गएपछि तपाइलाई आफुले इन्ट्री गर्नुभएको मोबाइल नम्बरमा Application Link सहितको SMS आउने छ।
महत्वपूर्ण जानकारी: आवेदन पेश गरेपछि तपाइको आवेदनलाई यातायात कार्यालयको कर्मचारीले verify गर्नुहुनेछ।
Verified भएको खण्डमा तपाईंलाई QR सहितको ब्लूबुक SMS मार्फत प्राप्त हुनेछ साथै यातायात कार्यालय मार्फत आफ्नो कार्ड प्रिन्ट गरेर समेत लिन सकिनेछ ।

